Friday, June 11, 2010

इन्जिन मर्मतको काम रोक्न सर्वोच्चको आदेश

सञ्जय न्यौपाने
काठमाडौं, कार्तिक २८ - सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका बोइङ ७५७ का दुईवटा इन्जिन मर्मत गर्न चीनको एमिको कम्पनीलाई दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
बिग्रेर डेढ वर्षदेखि हङकङमा रहेको एउटा र तीन महिनाअघि बिग्रेकोे अर्को इन्जिन मर्मतको निर्णर्यका लागि पर्याप्त प्रतिस्पर्धा गराउन समय नभएको भन्दै महाप्रबन्धक गौतमदास श्रेष्ठले विशेषाधिकार प्रयोग गरेर एमिकोसँग सम्झौता गरेका थिए ।
सर्वोच्चले निर्णयमा विशेष परिस्थिति नदेखिएको ठहर गर्दै सम्झौताअनुसार मर्मतका लागि इन्जिन पठाउने काम रिटको टुंगो नलागेसम्मका लागि अघि नबढाउन आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशहरू अनुपराज शर्मा र शारदाप्रसाद पण्डितको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
'विशेष परिस्थितिमा विशेेषाधिकार प्रयोग गरी' श्रेष्ठले कम्तीमा ४० करोड रुपैयाँ लाग्ने उक्त कामको जिम्मा बिनापर्याप्त प्रतिस्पर्धा एमिकोलाई दुई साताअघि दिएका थिए । निगमको आर्थिक प्रशासन नियमावलीको दफा १३८ र आर्थिक प्रशासन नियमावली र सार्वजनिक खरिद ऐनको दफा ६६ अनुसार विशेष परिस्थितिमा विशेष निर्णय गर्न पाउने अधिकार प्रयोग गरेर निर्णय गरेका थिए । 'निर्णयमा विशेष परिस्थिति देखिएन' आदेशमा भनिएको छ । यहाँ बिग्रेको इन्जिन बु्रनाईमा छ । हङकङमा रहेको इन्जिन पनि छिटो एमिको पुर्‍याउने प्रयासमा व्यवस्थापन लागेको स्रोतले बतायो । 'निगम व्यवस्थापनको बुधबारको बैठक अदालतको आदेश आइपुग्नुअघि नै इन्जिन पठाउने र छिटो काम सक्ने' विषयमा केन्दि्रत रहेको एक सहभागीले बताए ।
इन्जिन मर्मतका लागि एक साताको समय दिएर आवेदन मागेकामा एमिकोले मात्र प्रस्ताव हालेको थियो । इन्जिन उत्पादक रोल्स रोयस र स्पेनस्थित अर्को कम्पनी आइबेरियाले बोेलपत्रका लागि एकसाता अपुग भएको भन्दै थप समय मागेर पत्र पठाएका थिए । महाप्रबन्धकले समय नभएको भन्दै एकमात्र आवेदक एमिकोलाई छानेका थिए ।
निगमका प्रवक्ता नागेश्वर रायले यो आदेशबाट निगमलाई ठूलो हानि हुने दाबी गर्दै आदेशबारे कानुनी व्याख्या गराउनेे बताए । 'त्यसपछि नियमले दियो भने निगमको रक्ष्ााका लागि माथिल्लोे निकायमा गएर न्याय खोज्नेछौं,' उनले भने ।
इन्जिन मर्मतबारे समयमा निर्णय नगर्दा जहाज ग्राउन्डेड भएर २६ करोड रुपैयाँ घाटा भएकोेे दाबी गदर्ैै नन्दप्रसाद अधिकारीले निगमका महाप्रबन्धक, व्यवस्थापन, सञ्चालक समिति, पर्यटन मन्त्रालय, एमिको कम्पनी र अख्तियार दुरुपयोग अनुसन्धान आयोेगविरुद्ध रिट दायर गरेका हुन् । यति धेरै चर्चा हुँदा पनि थाहा नपाएको जस्तो गरेेको भन्दै अख्तियारलाई पनि विपक्षी बनाइएको छ

संसारकै सस्तो सहरमध्ये काठमाडौं

सञ्जय न्यौपाने
काठमाडौं, फागुन २९ - राष्ट्र बैंकको तथ्यांकले भन्छ, नेपालमा मूल्यवृद्धि १४ दशमलव ५ प्रतिशत छ । उपभोग्य वस्तुको भाउ योभन्दा धेरै बढेको छ । लामो समयपछि नेपालीले चर्को महँगीको सामना गरिरहेको बेला हो यो । तर संसारको आँखाले त्यसो भन्दैन । काठमाडौं संसारका दस सबैभन्दा सस्तो सहरमा परेको छ ।
आयरल्यान्डको डब्लिनस्थित इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सोमबार प्रकाशित गरेको जीविकोपार्जन लागत सर्वेक्षणअनुसार सस्ता सहरमध्ये काठमाडौं १ सय २८ औं नम्बरमा परेको छ । सबैभन्दा सस्तो दस सहरमा एसियाका मात्रै पाँचवटा छन् । यीमध्ये पनि सबैभन्दा सस्तो सहर पाकिस्तानको कराँची भएको छ । नयाँदिल्ली र मुम्बई १ सय २९ औं र १ सय ३० औं स्थानमा छन् । मनिला एसियाको अर्को सस्तो सहर हो । १ सय ४० देशको मूल्य र उत्पादनका आधारमा यो वर्गीकरण गरिएको हो । डलरको तुलनामा ऐन बलियो भएकाले जापानको टोकियो र ओसाका संसारका सबैभन्दा महँगा सहर भएका छन् । महँगा दस सहरको सूचीमा युरोपका सातवटा छन् भने एसियाका तीन छन् ।
तेस्रोदेखि दसौं स्थानमा क्रमशः पेरिस, डेनमार्कको कोपेनहेगन, नर्वेको ओस्लो, स्विटजरल्यान्डको जुरिच, जर्मनीको फ्यांकफट, फिनल्यान्डको हेलसिन्की, स्विटजरल्यान्डकै जेनेभा र सिंगापुर महँगो सहर रहेका छन् ।
गतवर्षको प्रतिवेदनमा नर्वेको ओस्लो र पेरिस सबैभन्दा महँगा सहरमा परेका थिए । प्रतिवेदनमा मनिला र काठमाडौंमा बस्न लाग्ने खर्च न्युयोर्कभन्दा आधामात्र देखिएको छ । भारुसँग स्थायी विनियम भएको नेपाली मुद्रा पनि अमेरिकी डलरसँग कमजोर भएकाले विदेशीका नजरमा गतवर्षभन्दा सस्तो भएको हो । 'जीविकोपार्जनको लागतमा दुईवटा कारक तत्त्व देखिएका छन्,' प्रतिवेदनका सम्पादक कोपेस्टेकले भनेका छन्, 'स्थानीय मूल्य र परिवत्र्य दर ।' २००८ सेप्टेम्बरमा गरिएको अध्ययनबाट प्राप्त तथ्यांकलाई २००९ फेबु्रअरीको परिवत्र्य दरसँग तुलना गरिएको हो ।
आफ्ना कर्मचारी र तिनका परिवारलाई विदेश पठाउँदा दिनुपर्ने भ्रमणभत्ता तय गर्न सघाउ पुर्‍याउने अध्ययनको प्रमुख उद्देश्य भएको प्रतिवेदनमा जनाइएको छ ।