Friday, June 11, 2010

इन्जिन मर्मतको काम रोक्न सर्वोच्चको आदेश

सञ्जय न्यौपाने
काठमाडौं, कार्तिक २८ - सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका बोइङ ७५७ का दुईवटा इन्जिन मर्मत गर्न चीनको एमिको कम्पनीलाई दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
बिग्रेर डेढ वर्षदेखि हङकङमा रहेको एउटा र तीन महिनाअघि बिग्रेकोे अर्को इन्जिन मर्मतको निर्णर्यका लागि पर्याप्त प्रतिस्पर्धा गराउन समय नभएको भन्दै महाप्रबन्धक गौतमदास श्रेष्ठले विशेषाधिकार प्रयोग गरेर एमिकोसँग सम्झौता गरेका थिए ।
सर्वोच्चले निर्णयमा विशेष परिस्थिति नदेखिएको ठहर गर्दै सम्झौताअनुसार मर्मतका लागि इन्जिन पठाउने काम रिटको टुंगो नलागेसम्मका लागि अघि नबढाउन आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशहरू अनुपराज शर्मा र शारदाप्रसाद पण्डितको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
'विशेष परिस्थितिमा विशेेषाधिकार प्रयोग गरी' श्रेष्ठले कम्तीमा ४० करोड रुपैयाँ लाग्ने उक्त कामको जिम्मा बिनापर्याप्त प्रतिस्पर्धा एमिकोलाई दुई साताअघि दिएका थिए । निगमको आर्थिक प्रशासन नियमावलीको दफा १३८ र आर्थिक प्रशासन नियमावली र सार्वजनिक खरिद ऐनको दफा ६६ अनुसार विशेष परिस्थितिमा विशेष निर्णय गर्न पाउने अधिकार प्रयोग गरेर निर्णय गरेका थिए । 'निर्णयमा विशेष परिस्थिति देखिएन' आदेशमा भनिएको छ । यहाँ बिग्रेको इन्जिन बु्रनाईमा छ । हङकङमा रहेको इन्जिन पनि छिटो एमिको पुर्‍याउने प्रयासमा व्यवस्थापन लागेको स्रोतले बतायो । 'निगम व्यवस्थापनको बुधबारको बैठक अदालतको आदेश आइपुग्नुअघि नै इन्जिन पठाउने र छिटो काम सक्ने' विषयमा केन्दि्रत रहेको एक सहभागीले बताए ।
इन्जिन मर्मतका लागि एक साताको समय दिएर आवेदन मागेकामा एमिकोले मात्र प्रस्ताव हालेको थियो । इन्जिन उत्पादक रोल्स रोयस र स्पेनस्थित अर्को कम्पनी आइबेरियाले बोेलपत्रका लागि एकसाता अपुग भएको भन्दै थप समय मागेर पत्र पठाएका थिए । महाप्रबन्धकले समय नभएको भन्दै एकमात्र आवेदक एमिकोलाई छानेका थिए ।
निगमका प्रवक्ता नागेश्वर रायले यो आदेशबाट निगमलाई ठूलो हानि हुने दाबी गर्दै आदेशबारे कानुनी व्याख्या गराउनेे बताए । 'त्यसपछि नियमले दियो भने निगमको रक्ष्ााका लागि माथिल्लोे निकायमा गएर न्याय खोज्नेछौं,' उनले भने
इन्जिन मर्मतबारे समयमा निर्णय नगर्दा जहाज ग्राउन्डेड भएर २६ करोड रुपैयाँ घाटा भएकोेे दाबी गदर्ैै नन्दप्रसाद अधिकारीले निगमका महाप्रबन्धक, व्यवस्थापन, सञ्चालक समिति, पर्यटन मन्त्रालय, एमिको कम्पनी र अख्तियार दुरुपयोग अनुसन्धान आयोेगविरुद्ध रिट दायर गरेका हुन् । यति धेरै चर्चा हुँदा पनि थाहा नपाएको जस्तो गरेेको भन्दै अख्तियारलाई पनि विपक्षी बनाइएको छ